Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


एकैदिन पाकिस्तानबाट ५ हजार अफगास्तान र्फिकए


13
Shares

काठमाडौं ।
पाकिस्तानबाट एकै दिन करिव ५ हजार अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगास्ता फर्किएका छन् ।

अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानका विभिन्न जेलमा विभिन्न अभियोगमा कैद जीवन बिताईरहेका कैदीसहितका शरणार्थी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम नाका हुँदै घर फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुलाई अफगानिस्तान पुगेपछि, बन्दीको पुनः एकीकरण समर्थनका लागि आ–आफ्नो गृह प्रान्तमा सारिनु अघि तत्कालका लागि मानवीय सहायता कक्षमा राखिने मन्त्रालयले जनाएको छ ।

गत वर्ष करिब ३० लाख अफगान शरणार्थी छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मुलुक फर्किएका थिए । पछिल्लो समय इरान पाकिस्तान दुवै देशले कागजात विहीन विदेशी नागरिकलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्नको लागि र घर फर्कन आग्रह गरिरहेका छन् ।