उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक जंग बहादुर खड्काले विद्यालयलाई नगरपालिकाले आधारहिन ढंगले प्राहार गरेको आरोप लगाउनुभएको छ ।
प्रअ खड्काले विद्यालयको कोष र पदीय मर्यादाको चरम दुरुपयोग गरेको भन्ने आरोपमा सत्यतता नभएको र चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाइएको बताउनुभएको हो।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरि अनियमितता हो वा होइन भनि निष्कर्ष निकाल्नै बाँकी रहेको अवस्थामा नगरपालिकाले विद्यालय प्रशासन तथा त्रियुगा नगरपालिकाको कार्र्यपालिका र शिक्षा समिति विच चलिरहेको मुद्दालाई प्रभावित गर्न खोजेको आरोप पनि लगाउनुभएको छ।
प्रतिवेदनलाई पूर्वाग्रही र योजनाबद्ध रुपमा तयार गर्ने तथा सञ्चार माध्यमबाट सार्वजनिक गरेर चरित्रहत्या गर्ने काम भएको उहाँको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका शिक्षा, लेखा र प्रशासन प्रमुख सम्मिलित समितिले तयार पारेको प्रतिवेदन अनुसार बालमन्दिर माध्यमिक विद्यालयमा प्रधानाध्यापक जंग बहादुर खड्काले विद्यालयको खाताबाट आफूखुसी लाखौँ रुपैयाँ निकासा गर्ने र वर्षभरि व्यक्तिगत प्रयोजनमा चलाउने गरेका बिषयहरु समेटेर इमेजखबर अनलाईन र टेलिभिजनमा समाचार प्रकाशित तथा प्रसारित भएको थियो ।
समाचारमा शिक्षा समितिले तयार पारेको रिर्पोट र शिक्षा शाखा प्रमुख शिबकमारी राउत र आरोपित प्रअ खड्काको समेत भनाई समेटिएको थियो । प्रअ खड्काले ५ वटा बुँदामा खण्डन पठाउँदै शिक्षकको तलब तीन महिनामा आउने हुँदा समस्या परेका अवस्थामा तलब र निर्मांण कार्यको सापटी लिने र त्यसको भुक्तानी आएपछि पेस्की मिलान हुँदै आएको, विद्यालयको आर्थिक कारोबार प्रअ र लेखापालले गर्ने ब्यबस्था रहेको तथा विद्यालय सञ्चालन गर्नका लागि अभिभावकहरुले ऐच्छिक सहयोग गरेको उल्लेख गर्नुभयो।










प्रतिक्रिया दिनुहोस्