Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेपाल ‘ए’ ले खेल्ने त्रिकोणात्मक शृङ्खलाको खेलकाे कार्य तालिका सार्वजनिक


0
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेलकाे कार्य तालिका सार्वजनिक गरेको छ ।

क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि शुरु हुने उक्त शृङ्खला यहि वैशाख २८ गतेसम्म संचालन हुने जनाएकाे हाे । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुने भएका छन् ।

नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्ने भएकाे क्यानले जनाएकाे हाे ।