Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ धम्की


0
Shares

काठमाडाैं । हर्मुज जलमार्गमा रोकिएका कार्गो जहाजहरुको उद्धारका लागि शुरु गरिएको प्रोजेक्ट फ्रिडम अभियान स्थागित गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आलटाल गरिरहे भयंकर बमबारीको धम्की दिनुभएको छ ।

इरानसंग १४ बूँदे सम्झौताका लागि सकारात्मक कुरा भईरहेको बताएको केही घण्टामै ट्रम्पले इरान छिटो सम्झौताका लागि तयार नभए अहिलेसम्मकै ठूलो र भयंकर बमबारी गर्ने चेतावनी दिनुभएको हो ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले अमेरिकाले अब गर्ने बमबारी भीषण र अहिलेसम्म नभएको हुने उल्लेख गर्नुभएको छ ।

त्यसअघि आजै ट्रम्पले पाकिस्तान र अन्य मध्यस्थकर्ता देशहरुको आग्रहमा जलडमरुमा रोकिएका सबै जहाजहरुलाई अमेरिकी नौसेनाको पहरामा बाहिर निकाल्ने अभियान रोकिएको बताउनुभएको थियो ।

उता, इरानी सञ्चार माध्यमहरुले भने प्रोजेक्ट फ्रिडम अभियान रोकिनुलाई इरानको जीतको रुपमा ब्याख्या गरेका छन् । इरानी मिडियाले अमेरिका पछि हटेको दाबी समेत गरेका छन् ।