काभ्रे । चौर देउराली गाउँपालिका-७ टाडिगाँउ स्थित मध्यपहाडि लोक मार्गको सडक खन्ने क्रममा पहिरोले पुरिँदा एक्स्काभेटर चालकको ज्यान गएको छ ।
सडकको ट्याक खन्ने क्रममा एक्स्काभेटर चालक रौतहट जिल्लाको पौराही गाउँपालिका-३ बस्ने ४१ वर्षीय दिलीप स्मालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ ।
सडक माथिबाट ढुङ्गा सहितको ढिस्को खस्दा बा २ क २७९२ नं.को एक्स्काभेटर पुरिएको थियो । एक्स्काभेटर क्याबिन भित्र च्यापिँदा उनको घटनास्थलमानमै मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्