Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अमेरिकाकाे एक अपार्टमेन्टमा आगलागी हुँदा ३ जनाको निधन, १४ घाइते

१०० बढी मानिस विस्थापित

494
Shares

एजेन्सी। अमेरिकी सहर ‘अपर म्यानह्याटन’ स्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।

साेही घटनामा अन्य १४ जना घाइते भएकाे अग्नि नियन्त्रक अधिकारीले बताएका हुन् । दमकल विभागका अधिकारीले स्थानीय समय अनुसार साेमबार मध्याह्न साढे १२ बजे भवनको दोस्रो तलामा आगलागी भएको जानकारी प्राप्त भएको बताएका छन्।

घटनास्थलमा रहेका एक उद्धारकर्मीले आगलागीमा परेका तीन जनालाई घटनास्थलमै मृत घोषित गरिएको र अन्य नौ जनालाई अस्पताल पठाइएको बताएका हुन् । आगलागीको कारण बारे अनुसन्धान भइरहेको र आगलागीबाट १ सय भन्दा बढी मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन् ।

न्यूयोर्कमा यसै वर्ष भएको अर्को एक आगलागीको घटनामा परी ३६ जनाको मृत्यु भएको थियाे ।