काठमाडाैं । भक्तपुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा टिपरको ठक्करबाट ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीकाे मृत्यु भएकाे हाे ।
बाटाेमा हिँड्दै गरेका सहनीलाई बा ४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
टिपर चालक काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–१०, ज्यामिरे घर भइ बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।










प्रतिक्रिया दिनुहोस्