Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


त्रिवि सेवा आयोग अध्यक्ष भट्टराईको राजीनामा


52
Shares


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले पदबाट राजीनामा दिएका छन्।

शनिबार उनले आफूले राजीनामा दिएको जानकारी दिएका हुन्। भट्टराईलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

यसैबीच, वर्तमान सरकारले अघिल्लो सरकारका पालामा भएका राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरिरहेको छ। सोही अनुसार तयार गरिएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन्।