Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गत २४ घण्टामा करिब २३ सय सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

१९ लाख ९९ हजार रूपैयाँ बढी राजस्व संकलन

0
Shares

काठमाडौं । गत २४ घण्टामा २ हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

जसबाट राज्यकोषमा १९ लाख ९९ हजार ५ सय २ राजस्व दाखिला भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २ सय २५, ट्राफिक संकेत उल्लङ्घनकर्ता १ सय ३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ५३ जनालाई कारबाही गरेको जनाएको छ ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २१ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको हो ।