काठमाडाैं ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले राजीनामा दिएका छन् ।
त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले आज राजीनामा दिएका हुन् । नवनिर्वाचित सरकारको आह्वान अनुसार राजीनामा दिएको उनीहरुले बताएका छन् ।
अर्याल २०८२ असार २५ गते उपकुलपति नियुक्त हुनुभएको थियो । यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैत ३० मा नियुक्त भएका थिए ।
नयाँ सरकार गठन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद वैठकबाटै यसअघि राजनीतिक नियुक्ति लिएकाहरुलाई पदत्याग गरेर सहयोग गर्न आह्वान गर्नुभएको थियो ।
तर यस बीचमा राजनीतिक नियुक्ति लिएकाहरुले पदत्याग गर्न अटेर गरेपछि सरकारले अध्यादेश मार्फत उनीहरुलाई हटाउने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्