Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


पाकिस्तानबाट एकैदिनमा ६ हजार बढी अफगान शरणार्थी स्वदेश फिर्ता


117
Shares

एजेन्सी । छिमेकी पाकिस्तानबाट एकै दिनमा करिब ६ हजार १ सय ४८ जना अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् ।

अफगानिस्तानको फिर्ता हुनेहरूको समस्या सम्बोधन गर्ने उच्च आयोगले सोमबार रिपोर्ट गरे अनुसार आइतबार ६ हजार १ सय ४८ शरणार्थीहरू स्वदेश फर्किएका हुन् । शरणार्थीहरू पूर्वी नान्गाहार प्रान्तको तोर्खाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डाक सीमा नाकाबाट स्वदेश भित्रिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार उनीहरूलाई आगमन बिन्दुमै आवश्यक सरकारी सहयोग उपलब्ध गराइएको थियो । सोही दिन ४ सय ७१ जना अफगान शरणार्थीहरू छिमेकी देश इरानबाट पनि फर्किएका थिए । रिपोर्ट अनुसार सन् २०२५ मा मात्रै करिब २८ लाख अफगान शरणार्थीहरू स्वदेश फर्किसकेका छन् ।

विगत दशकौंदेखिको विस्थापनपछि अझै पनि ६० लाख भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्। दुवै आयोजक देशहरूले कागजात नभएका अफगानहरूलाई स्वदेश फर्कन आग्रह गरिरहेका हुन् ।