काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बुधबार बिहान देशको हिमाली आंशिक बादल लागेको र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हाे।
त्यस्तै, बुधबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी प्रदेशका गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे। मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका तथा खोंचहरूमा तातो दिन हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, बुधबार राति भने कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी हिमाली तथा पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्