Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


आईपीएल किक्रेटमा पञ्जाव किंग्सको अपराजित यात्रा कायमै

लखनउ सुपर जायन्ट्स भने ५४ रनकाे फराकिलाे अन्तरले पराजित

377
Shares

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ ।

घरेलु मैदान न्यु चण्डीगढमा आइतबार राति सम्पन्न भएकाे खेलमा पञ्जावले लखनउ सुपर जायन्ट्सलाई ५४ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । पञ्जावले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रनमा समेटियो । लखनउका लागि रिषभ पन्तले सर्वाधिक ४३ रन जोडेका छन् । त्यस्तै, एडेन मारक्रमले ४२, मिचेल मार्शले ४०, आयुश बदोनीले ३५ तथा मुकुल चौधरीले २१ रन बनाएका थिए ।

पञ्जाबका मार्को यानसनले २ तथा अर्शदीप सिंह, विजयकुमार वैशक र युजभेन्द्र चहलले एक/एक १ विकेट लिएका हुन् ।यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो । लखनउका लागि प्रियान्श आर्यले ९३ तथा कुपर कोनलीले ८७ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी, मार्कस स्टोइनेसले २९, शशांक सिंहले १७ तथा निहाल बढेराले १३ जोडेका थिए। लखनउका प्रिन्स यादव र मनिमरन सिद्धार्थले दुई–दुई तथा मोहसिन खान र मोहम्मद सामीले एक–एक विकेट लिए ।

यो जितसँगै ६ खेलबाट पञ्जाब ११ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको लखनउ समान खेलबाट ४ अंकसहित आठौं स्थानमा रहेकाे हाे ।