Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


देशका-६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहित वर्षा र हिमपातको सम्भावना


923
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । मधेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, आइतबार दिउँसो भने कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । तराई भू-भागमाआंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। मधेश , बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, आइतबार राति भने देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएकाे हाे। कोशी, गण्डकी र बागमती प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।