Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


आईपीएल क्रिकेटमा पञ्जाब किंग्सकाे मुम्बई इन्डियन्समाथि जित


234
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।

भारताकाे मुम्बईको वानखेडे स्टेडियममा बिहीबार राति भएको खेलमा पञ्जाबले १ सय ९६ रनको लक्ष्य १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डि ककले उत्कृष्ट प्रदर्शन गर्दै अविजित १ सय १२ रन बनाएका छन् । उनले ६० बलमा ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

१ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ब्याटरले उत्कृष्ट प्रदर्शन गरेका छन्। पञ्जाबले १६ ओभर ३ बलमा ३ विकेट गुमाउँदै जित निकाल्यो । प्रभसिम्रन सिंहले ३९ बलमा ११ चौका र २ छक्काका साथ अविजित ८० रन बनाए । पञ्जाबका अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए ।

उनले मुम्बईको सुरुवाती ब्याटिङलाई नै दबाबमा पारेका हुन्। डि ककले मुम्बईबाट शतक बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । अपराजित रहँदै पञ्जाब अ‌क तालिकाको शीर्षस्थानमा उक्लिएको हाे । ५ खेल खेलेको मुम्बई लगातार चौथो खेलमा पराजित हुँदै २ अंकसहित तालिकाको नवौँ स्थानमा रहेकाे छ ।

त्यस्तै, आईपीएल क्रिकेटमा शुक्रबार गुजरात टाइटान्स र कोलकता नाइट राइडर्स भिड्ने भएका हुन् । खेल गुजरातको अहमदावादमा शुक्रबार राति पौने ८ बजेदेखि शुरु हुने भएकाे छ।