Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


देश र जनताका लागि तटस्थ रहेर काम गर्ने सभामुख अर्यालेकको प्रतिबद्धता


104
Shares

काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघले आज धादिङमा आयोजना गरेको कार्यक्रममा उहाँले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने दृढता व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो ।

विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने आफ्नो बुझाइ रहेको भन्दै उहाँले सबैले महसुस गर्ने गरी काम पूरा गर्ने वाचा गर्नुभयो ।

उहाँले जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।