Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी ठाकुर उपसभामुख बन्ने निश्चित

351
Shares

काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ ।

उपसभामुख बन्न बिहीबार दुई जनाले उम्मेदवारी दिएका थिए । श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दिएका हुन्। श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ भने राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । ठाकुरको प्रस्तावकमा पार्टीका सांसद आरेन राई र समर्थकमा रास्वपाका सांसद अशोककुमार चौधरी रहनुभएको छ ।

राप्रपाकी लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही तथा समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन् । प्रतिनिधि सभामा श्रम संस्कृति र राप्रपा प्रतिपक्षी दल हुन् । श्रम संस्कृतिका ७ र राप्रपाका ५ जना सांसद छन् । संसदमा दुई तिहाइ नजिकको दल रास्वपाले समर्थन गरेसँगै श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुर निर्वाचित हुने निश्चित छ ।

सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल यहि चैत २२ गते निर्विरोध निर्वाचित हुनुभएको थियो ।