Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


होनोरको ‘म्याजिक अफ ८’ सार्वजनिक


117
Shares

काठमाडाैं । नेपालमा अब स्मार्ट प्रविधिको नयाँ युग सुरु भएको छ। हाेनाेरले आफ्नो “म्याजिक अफ ८” लाइनअप सार्वजनिक गर्दै पावर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र स्टाइलको संयोजनलाई नयाँ उचाइमा पुर्‍याएको छ। जसले शक्तिशाली प्रदर्शन गर्नुका साथै एआई प्रविधिमा आकर्षक डिजाइन प्रस्तुत गरेको छ ।

आफ्नो डिभाइसबाट अझ बढी अपेक्षा गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको यो नयाँ सिरिजले दैनिक जीवनमा प्रविधि प्रयोग गर्ने तरिकालाई नयाँ ढंगले परिभाषित गर्ने कम्पनीले दाबी गरेको छ ।

यस नवप्रवर्तनको अग्रभागमा छ होनोर म्याजिक ८ प्रो, जुन उत्कृष्टता चाहने प्रयोगकर्ताहरूका लागि विशेष रूपमा तयार गरिएको हो। २०० एमपीको अल्ट्रा–क्लियर क्यामेरासँग यसले प्रत्येक विवरणलाई अद्भुत स्पष्टतासहित तस्बीर कैद गर्ने कम्पनीले जनाएको छ।
नवीनतम स्न्यापड्रागन ८ इलाइट जिन ५ प्रोसेसर र शक्तिशाली ७१०० एमएएच ब्याट्रीले यसलाई अत्यन्तै स्मूद प्रदर्शन र लामो समयसम्म टिक्ने पावर प्रदान गर्ने कम्पनीको दाबी छ।

एआई फोटो एजेन्ट र एआई सेफ्टी इनह्यासमेन्ट जस्ता उन्नत होनर एआई सुविधाहरूले म्याजिक म्याजिक ८ प्रोलाई अझ स्मार्ट र सहज बनाउँने कम्पनीले जनाएको छ। होनोर म्याजिक ८ प्रोको प्रि–बुकिङ मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ र सीमित समयका लागि ग्राहकहरुले ३० हजार मूल्य बराबरको होनोर पाड एक्स८बी निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसैगरी होनोर एक्स८बी ८जीबी प्लस १२८ जिबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८जिबी प्लस २५६ जिबीको मूल्य ४३ हजार ९९९ रुपैयाँ रहेको छ ।