काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फा निलम्बन फुकुवा गर्ने र तत्काल चुनाव गर्ने सम्बन्धमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशन अस्वीकार गरेको छ ।
फिफा र एएफसीले गत आइतबार राखेपलाई एन्फालाई गरिएको निलम्बनमा तेस्रो पक्षीय हस्तक्षेप भएको ठहर गर्दै सरकारलाई सात दिनभित्र निलम्बन फुकुवा गराई चुनाव गराउन निर्देशन दिएको थियो ।
बुधबार राखेपले यहि निर्देशन अस्वीकार गर्दै फिफा र एएफसीलाई पत्राचार गरेको हो । राखेपले निलम्बन फुकुवा गर्नको लागि तत्कालै एन्फा, फिफा, एएफसी र राखेपबीच संयुक्त बैठक हुनुपर्ने शर्त राखेको छ ।








प्रतिक्रिया दिनुहोस्