Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय


0
Shares

कैलाली ।

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु हुने भएको छ ।

विश्वविद्यालय सभाको बुधबार बसेको बैठकले बिभिन्न चार वटा संकायमा पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा निर्धारण समेत गरेको छ ।

जस अनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्री गरी चार वटा सङ्कायमा पठनपाठन सुरु गरिनेछ । साथै ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी पनि गरिएको छ । प्रा.डा. सुनीलकुमार जोशी, उपकुलपति, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय वैठकमा शिक्षामन्त्री पोखरेलले आगामी शैक्षिक सत्रदेखि जुनसुकै अवस्थामा पनि पठनपाठन सुरु हुने बताउनुभयो ।

शिक्षामन्त्री सस्मित पोखरेलले कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको यस विश्वविद्यालयमा सरकारले हालसम्म ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ भने ४२ वटा भवन निर्माण भइसकेका छन् ।