Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


गाडी भाडा १७ प्रतिशतले बढ्यो, विद्युतीय सवारीमा भने लागू नहुने


1.4k
Shares

काठमाडौं । सरकारले यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले वृद्धि गरेको छ। तर यो नयाँ भाडादर विद्युतीय सवारीसाधनमा लागू नहुने यातायात व्यवस्था विभाग ले स्पष्ट पारेको छ।

विभागका अनुसार इन्धनको मूल्यमा आएको वृद्धिलाई आधार मान्दै १३ वटा सूचकको विश्लेषणपछि भाडा समायोजन गरिएको हो। सो भाडा वृद्धि पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधनमा मात्र लागू हुने जनाइएको छ।

हाल बढाइएको भाडादर एक प्रदेशबाट अर्को प्रदेश वा एकभन्दा बढी प्रदेशमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीमा लागू हुनेछ। तर छोटो दूरी, जस्तै एउटै सहरभित्र वा प्रदेशभित्र सञ्चालन हुने सवारीको भाडादर भने सम्बन्धित प्रदेश सरकारले नै निर्धारण गर्ने व्यवस्था रहेको छ।