Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सुन एकैदिन तोलामा ७२ सय रूपैयाँले बढ्यो


2.3k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार भने प्रतितोला ७ हजार २ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला ४ हजार ८ सय २० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार तोलामा पाँच हजार २५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सय ५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार आठ सय तीन अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।