Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


अमेरिकी–इजरेली आक्रमणमा मारिए इरानका गुप्तचर प्रमुख माजिद खादेमी


1.9k
Shares

एजेन्सी ।
इरानी सेनाका गुप्तचर प्रमुख पनि अमेरिकी–इजरेली आक्रमणमा मारिएका छन् ।

इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले आफ्ना गुप्तचार प्रमुख मजिद खदेमी अमेरिका–इजरेली आक्रमणमा मारिएको जनाएको हो ।

आज विहानै भएको आक्रमणमा खादेमी मारिएको आईआरजीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरेली सुरक्षा फौज आईडीएफले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

गत वर्ष जुनमा इजरेलले गरेको आक्रमणमा तत्कालिन गुप्तचर प्रमुख मोहमद काजेमी मारिएपछि खादेमीले उक्त जिम्मेवारी लिएका थिए ।

इरानमा गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा हजारौं प्रदर्शनकारीमाथि भएको दमनमा पनि खादेमी पनि जिम्मेवार रहेको आरोप लाग्दै आएको थियो ।