काठमाडौं ।
आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका ब्यापारिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
भैरहवाबाट पक्राउ गरी काठमाडौं ल्याएर काठमाडौं जिल्ला अदालतमा पेश गरिएका सुलभलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो ।
सुलभ पक्राउ परेसंगै उनका बुवा शंकर अग्रवाल भने रिहा भएका छन् । गत शुक्रबार पक्राउ परेका ग्रुपका अध्यक्ष समेत रहेका शंकर अग्रवाललाई प्रहरीले सम्पति शुद्धीकरण विभागमा बुझाएकोमा विभागले अग्रवालसंग सोधपुछ गरेर छाडेको हो ।








प्रतिक्रिया दिनुहोस्