Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


प्रतिनिधिसभाको सभामुखमा रास्वपा सांसद अर्याल निर्विरोध निर्वाचित, आजै शपथ ग्रहण हुँदै


156
Shares

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डीपी) निर्विरोध निर्वाचित हुनुभएको औपचारिक रुपमा घोषणा गरिएको छ ।

सिंहदरबारस्थित नयाँ संसद भवनमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले रास्वपाका सांसद अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्नुभएकाे हाे। रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।

उहाँको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले समर्थन जनाएका थिए। अर्यालले आइतबारै सभामुखको पद तथा गाेपनीयता शपथ ग्रहण लिने तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सभामुख अर्याललाई शपथ गराउनुहुने भएकाे हाे ।

प्रतिनिधिभाको अर्को बैठक साेमबार दिर्सउँ १ बजे बस्ने संसद सचिवालयले जनाएकाे छ ।