बाजुरा ।
शैक्षिक सत्र आधा सकिने बेला पनि पुस्तक नपुग्ने हिमाली जिल्ला बाजुरमा यस बर्ष भने शैक्षिकसत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।
हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगावै पाठ्यपुस्तक पुगेको हो ।
जिल्लाको तल्लो क्षेत्रका बुढीगंगा, त्रिवेणी र बडिमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ ।
पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ।
यहाँका बुढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ।








प्रतिक्रिया दिनुहोस्