Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


हारबाट हतोत्साहित भएकाे छैन् : सुहाङ नेम्वाङ


1k
Shares

काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उहाँकले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गर्नुभएको हो । सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना र सुझावका साथ खबरदारी गर्ने आफ्नो नीति रहने स्पष्ट पार्नुभयो । उहाँले युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टीभित्र रहिसकेपछि दलको नेता चयन गर्ने बेलामा लोकतान्त्रिक अभ्यासलाई अवलम्वन गर्ने प्रयास गरेका हौँ । यहाँ कुनैपनि दबाब भएको छैन । नतिजा मैले अपेक्षा गरेअनुसार नभए पनि अर्को उम्मेदवारलाई बढी योग्य ठानेर यो परिणाम आएको हुन सक्छ, जसलाई हामीले स्वीकार्नुपर्छ ।

आजको नतिजाले नेकपा एमालेभित्र रहेका कमजोरीहरूलाई सुधार्दै आत्मसमीक्षा र आत्मालोचना गर्ने अवसर दिएको छ । यसले भविष्यमा पार्टीलाई अझ सुदृढ बनाउनेछ ।’ एमालेले देशलाई समृद्धितर्फ लैजाने र जनताका मुद्दाहरू सधैँ उठाइरहने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि उहाँले बताउनु भयो ।