Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भारतमा भागदौड मच्चिंदा हुँदा ८ जना महिलाको मृत्यु, १० घाइते


598
Shares

एजेन्सी। भारतको पूर्वी राज्य बिहारको एक मन्दिरमा मंगलबार भागदौड मच्चिँदा आठ महिलाको मृत्यु भएको छ ।

साेही घटनामा परी करिब १० जना घाइते भएका हुन् । बिहारको नालन्दा जिल्लास्थित दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिरमा मंगलबार उक्त भागदौड भएको थियाे । विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा घाइते महिलाहरूलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ लैजाँदै गरेको देख्न सकिन्छ ।

केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । सरकारले घटनाको सम्बन्धमा अनुसन्धान गर्न छानबिनको आदेश दिएको हाे ।