Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


हाइटीमा आपराधिक गिरोहको आक्रमण, ७० मारिए


182
Shares

काठमाडौं ।
क्यारेबियन मुलुक हाइटीमा आपराधिक गिरोहको आक्रमणमा कम्तिमा ७० जना मारिएका छन् भने ३० जना घाइते भएका छन् ।

मध्य हाइटीको आर्टिबोनाइट क्षेत्रको पेटाइट–रिभिएरे नजिकै भएको आक्रमणमा यती ठूलो संख्यामा हताहती भएको हो । मानव अधिकारवादी समूहले स्थानिय बासिन्दा र अधिकारीहरूलाई उद्धृत गरेअनुसार आइतबार बिहान जीन–डेनिस वरपरका ग्रामीण समुदायहरूमा सुरु भएको हिंसा हिजो बिहानसम्म जारी थियो ।

‘ग्रान ग्रिफ’ नामक शक्तिशाली आपराधिक गिरोहका सदस्यहरूले यस क्षेत्रमा आक्रमण गर्दै घरहरूमा आगो लगाएका थिए । हिंसाबाट ६ हजार मानिस विस्थापित भएको अनुमान गरिएको छ । सामाजिक सञ्जालमा प्रसारित एक अडियो सन्देशमा आपराधिक समुह ‘ग्रान ग्रिफ’का नाइके लुक्सन एलानले आक्रमणको जिम्मा लिएका छन् ।

प्रतिद्वन्द्वी सशस्त्र समूहले सेभियनमा रहेको आफ्नो आधार इलाकामा गरेको आक्रमणको बदलामा यो आक्रमण गरेको उनको जिकिर छ ।