Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


एमालेले ओलीको रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै


520
Shares

काठमाडाैं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएकाे छ।

जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की आयोगले दोषी देखाएपछि अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ लगत्तै शनिबार बसेको एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियाे । एमाले प्रचार तथा प्रकाशन विभाग संयोजक मिन बहादुर शाहीले काठमाडौंमा माइतीघर मण्डलामा भेला भएर नारा जुलुससहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी रहेकाे बताउनुभयाे ।

एमालेले अध्यक्ष ओली पक्राउकाे विरुद्धमा आइतबार बिहान साढे १० बजे कानूनविदहरुसँग अन्तरसंवाद पनि गर्ने भएकाे छ ।