Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


जेनजी आन्दाेलन: कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद बैठकको निर्णय

आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सम्बन्धित निकाय र मन्त्रालयलाई निर्देशन

1.3k
Shares

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो नयाँ मन्त्रिपरिषद बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

मन्त्रिपरिष बैठकपछि शुक्रबार सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले साेही निर्णायलाई तत्कालै कार्यान्वयनमा लैजाने बैठकले निर्णय गरेकाे जानकारी दिनुभएकाे हाे । जसअनुसार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी पेश गरेको प्रतिवेदन बमोजिम हुने उहाँकाे भनाइ छ ।प्रवक्ता पोखरेलले अन्यका हकमा सोही आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सम्बन्धित निकाय र मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताउनुभयाे ।

बैठकले पहिलो प्रतिवेदनमा उल्लेखित सुरक्षाकर्मीको हकमा छानबिन समिति बनाउने निर्णय गरेको बताउनुभएकाे छ ।राजनीतिक दलका नेता लगायतका अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णयमा जाने निर्णय गरिएको उहाँको भनाइ थियाे । साथै बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १ सय वटा निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभएकाे छ।