काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले साेही सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो । बैंगलोरमा उद्घाटन खेल शनिबार रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने भएकाे हाे । दोस्रो चरण अन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आगामी चैत २९ देखि जेठ १० गते सम्म आयोजना हुने भएका छन् ।
यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बीसीसीआईले अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो । प्रारम्भिक चरणमा २० खेलहरू विभिन्न १० वटा मैदानमा खेलाइने भएकाे छ। त्यसपछि अप्रिल १३ देखि मे २४ तारिखसम्म ५० खेलहरू आयोजना गरिनेछन् ।
साेही खेलहरू भारतका १२ विभिन्न शहरमा हुने भएका हुन् । जसमा बैंगलोर, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् । दिउँसो हुने खेलहरु नेपाली समय अनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल पौने ८ बजेदेखि शुरू हुने बीसीसीआईले जनाएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्