Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


दक्षिण अफ्रिकाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जित्याे

न्युजिल्याण्ड भने ३३ रनकाे फराकिलाे अन्तरले पराजित

390
Shares

काठमाडाैं । दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डसँगको पाँचाैं खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको छ ।

क्रिस्टचर्चमा बुधबार भएको अन्तिम खेलमा न्युजिल्यान्डलाई ३३ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले ३–२ ले शृङ्खला जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका बेभोन ज्याकोब्सले ३६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका गेराल्ड कोट्जे, वियान मुल्डेर र ओटनिल बार्टम्यानले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनायो । दक्षिण अफ्रिकाका कोनर एस्टरहुइजेनले ७५ रन बनाएमा छन् । न्युजिल्यान्डका बेन सेयर्सले २ विकेट लिएका थिए। यसअघि टी–२० शृङ्खलाको पहिलो र चौथो खेल दक्षिण अफ्रिकाले जितेको थियो । दोस्रो र तेस्रो खेल न्युजिल्यान्डले जितेको हाे।