Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


जापानको मुख्य उपभोक्ता मूल्य १ दशमलव ६ प्रतिशतले बढ्यो


78
Shares

एजेन्सी । जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १ दशमलव ६ प्रतिशतले बढेको छ ।

सन् २०२२ काे मार्च यता पहिलो पटक यो आँकडा २ प्रतिशत भन्दा तल झरेको सरकारी तथ्यांकले मंगलबार देखाएको हाे । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले उतारचढाव भइरहने ताजा खाद्यवस्तुको मूल्य बाहेकको मुख्य उपभोक्ता मूल्य सूचकांक जनवरीको २ प्रतिशतको वृद्धिको तुलनामा फेब्रुअरीमा केही सुस्त देखिएको जनएकाे छ । गत जनवरीमा ५ दशमलव २ प्रतिशतले घटेको ऊर्जाको लागत फेब्रुअरीमा ९ दशमलव १ प्रतिशतले घटेको छ ।

विशेष गरी पेट्रोलको मूल्यमा १४ दशमलव ९ प्रतिशत र बिजुलीको महशुलमा ८ प्रतिशतले गिरावट आएपछि समग्र ऊर्जा लागत घटेको हो । ताजा सामग्री बाहेकका खाद्यवस्तुको मूल्य फेब्रुअरीमा ५ दशमलव ७ प्रतिशतले बढेको छ । जुन गत महिनाको ६ दशमलव २ प्रतिशतको वृद्धिको तुलनामा केही कम हो । यसैबीच, फेब्रुअरीको अन्त्यमा इरानमाथि भएको अमेरिका-इजरायल आक्रमणपछि कच्चा तेलको मूल्यमा आएको उछालका कारण आगामी महिनाहरूमा मूल्य वृद्धिको गति पुनः तीब्र हुने आँकलन गरिएको छ ।