Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


संयुक्त राष्ट्रसंघले जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनायो

जातीय भेदभाव मानव अधिकार र मानवीय मर्यादाको उल्लङ्घन भएकाे निष्कर्ष

182
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।

अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव एन्टोनियो गुटेरेसले जातीय भेदभाव मानव अधिकार र मानवीय मर्यादाको उल्लङ्घन भएको बताउनुभएकाे हाे । उहाँले प्रत्येक व्यक्तिको मर्यादा, न्याय, समानता, अधिकारको रक्षा गर्न सरकार, संस्थाहरू, व्यवसायहरू र समुदायहरूलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभएकाे छ।

सन् १९६० मा दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेको भीडमाथि प्रहरीले गोली चलाउँदा ६९ जनाको ज्यान गएको सार्पभिल नरसंहारको उहाँले स्मरण समेत गर्नुभयाे । महासचिव गुटेरेसले विश्वभर जातिवाद र जातीय भेदभाव विरुद्ध उभिने सबैको सम्मान गर्नुभएकाे छ। सन् १९६० को सार्पभिल नरसंहारको सम्झना स्वरूप हरेक वर्ष मार्च २१ तारिखमा मनाइने जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको स्थापना संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९६६ मा जनचेतना जगाउन र जातिवाद विरुद्ध विश्वव्यापी कार्यलाई प्रोत्साहन गर्न गरेको थियो ।