Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशकाे शानदार जित

कोशी र कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित

104
Shares

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेकाे छ।

जनकपुरमा साेमबार भएकाे खेलमा लुम्बिनीले कोशीलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेकाे हाे । लुम्बिनीले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कोशी ३१ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अलआउट भयो । कोशीका अङ्कित सुवेदीले ३० रन बनाएका थिए ।

लुम्बिनीका सन्तोष यादवले ४, राजेन्द्र बमले ३ र निर्मल गुरुङले २ विकेट लिएका हुन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी ४९ ओभर ३ बलमा २ सय ४९ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका कप्तान देव खनालले ९२ र सन्तोष यादवले ४८ रन बनाएका थिए । कोशीका सुजन थपलियाले ४ र दिपेश कँडेलले २ विकेट लिएका हुन् ।

प्रतियाेगिता अन्तर्गत साेमबारै वीरगञ्जमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेकाे छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता रहेकाे हाे । खेलहरू काठमााडाैंकाे मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा हुने भएका छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएकाे हाे ।