Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पोखरा महानगरमा शिक्षाकाे गुणस्तरमा सुधार हुँदै

वडा तहमा बजेटको विकेन्द्रीकरण गरिंदै

156
Shares

काठमाडाैं । पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् ।

महानगरका प्रमुख धनराज आचार्यले पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजार भन्दा बढी विद्यार्थी थपिएकाे बताउनुभएकाे हाे । कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको समेत बताउनुभयाे । जहाँ २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेकाे समेत उहाँले बताउनुभएकाे हाे। महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको समेत उहाँले जानकारी गराउनुभएकाे छ । जसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको प्रमुख आचार्यले बताउनुभयो । त्यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पुर्‍याउन उहाँले बजेटको व्यापक रुपमा विकेन्द्रीकरण गरेको दावी समेत गर्नुभएकाे छ ।

प्रमुख आचार्यले अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएकाे बताउनुभयाे । एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामहरूलाई तीब्रता दिइएको उहाँले बताउनुभएकाे छ। वडा बलियो र सफल भए मात्र महानगर सफल हुने उहाँकाे भनाइ थियाे ।