Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


रियल मड्रिडकाे एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित


247
Shares

काठमाडाैं । स्पेनी फुटबल लिग ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेकाे छ ।

घरेलु मैदान बर्नबाउमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिकोलाई ३–२ गोलले पराजित गरेकाे हाे। रियलका भिनिसियस जुनियरले २ तथा फेडिरिको भल्भर्डेले १ गोल गरेका छन् । एट्लेटिकोका एडेमोला लूकम्यान र नाहुल मोलिनाले गोल गरेका थिए । यो जितसँगै रियलले २९ खेलमा ६९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेकाे छ । एट्लेटिको २९ खेलमा ५७ अंकसहित चौथो स्थानमा रहेकाे हाे । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलमा ७३ अंक छ ।

त्यस्तै, आइतबार राति भएकाे खेलमा एथ्लेटिक क्लबले रियल बेट्सिलाई पराजित गरेकाे हाे । सेल्टा भिगोले एलाभेसलाई पराजित गरेकाे छ । बार्सिलोनाले रायो भ्यालेकानोलाई पराजित गरेकाे हाे । साथै भेलेन्सियाले सेभिल्लालाई पराजित गरेकाे छ ।