Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


छात्राबाससहित निःशुल्क शिक्षाको अभ्यास शुरु (भिडियाे रिर्पोट)


78
Shares

प्रकाश लिम्बु,तेह्रथुम ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले निःशुल्क शिक्षाको नयाँ अभ्यास सुरु गरेको छ ।

विशेषगरी कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी छात्राबास सहित निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको हो। यसले टाढा–टाढाबाट आउने विद्यार्र्थीहरूलाई सहजता प्रदान गरेको छ।

पहाडी भेगमा आर्थिक अभाव र भौगोलिक दूरीका कारण धेरै विद्यार्थीले पढाइलाई निरन्तरता दिन नसक्ने अवस्था रहँदै आएको छ । गुणस्तरीय शिक्षाको खोजीमा धरान, विराटनगर वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर आर्थिक समस्याले बीचमै पढाइ छोड्नुपर्ने पीडा पनि उत्तिकै गम्भीर छ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगरभित्रका विद्यार्थीलाई समान शैक्षिक अवसर उपलब्ध गराउने उद्देश्य राखेर नयाँ कार्यक्रम शुरु गरेको छ।

विशेषगरी विद्यालय टाढा परेका तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवास र खानासहितको शिक्षा व्यवस्था गरिएको नगरप्रमुख अर्जुन माबोहाङले बताउनुभयो ।