Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


चैते दशैंको नवरात्र आजदेखि शुरू


182
Shares

काठमाडाैं । चैते दशैंको नवरात्र बिहीबारदेखि शुरु भएकाे छ ।

चैत्र नवरात्रका अवसरमा बिहीबार काठमाडाैंकाे हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिएकाे हाे। चैत्र नवरात्रको घटस्थापनाका लागि बिहीबार बिहान ७ बजेर ५१ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे हाे । बिहीबार उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत रहेकाे समेत बताइएकाे छ।

साेही अवसरमा देशैभरीका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । चैते दशैंको मुख्य दिन भने यहि चैत १२ गते परेको समितिले जनाएकाे हाे । शास्त्रीय नियम अनुसार वर्षमा चार वटा नवरात्र पर्ने गरेका छन् ।

असार शुक्ल पक्ष, अशोज शुक्ल पक्ष, पुस शुक्ल पक्ष र चैत शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिन्छ । नेपाली परम्परामा असार र पुस शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।