Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


एन्फा महिला लिग फुटबलमा संकटा क्लब विजयी

एनआरटी भने ४–० गोल अन्तरले पराजित

91
Shares

काठमाडाैं । संकटा क्लबले शहीद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी शुरूवात गरेको छ ।

एन्फा कम्प्लेक्समा बुधबार भएको उद्घाटन खेलमा संकटाले न्युरोड टिम (एनआरटी) लाई ४–० गोल अन्तरले पराजित गरेकाे हाे। संकटाका लागि सुक्रिया मिया, म्यानमारकी विन थेङ्गी टुन, मोजाम्बिककी लुसिया लिला जोस र घानाकी क्वीनबेल अकोसुआ अमनक्राहले गोल गरेका थिए। अखिल नेपाल फुटबल स‌घ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा ९ वटा टोली सहभागी भएका छन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता आगामी वैशाख १२ गतेसम्म संचालन हुने एन्फाले जनाएकाे हाे ।