एजेन्सी । इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र प्रहारमा परी दुई वृद्ध नागरिकको मृत्यु भएको छ।
इजरायलको आपत्कालीन सेवा प्रदायक संस्था मागेन डेभिड एडम (एमडीए) ले रामत गान क्षेत्रमा भएको आक्रमणमा ७० वर्ष उमेर समूहका एक पुरुष र एक जना महिलाको मृत्यु भएकाे जनाएकाे हाे। तेल अभिभका विभिन्न स्थानमा खसेका क्षेप्यास्त्रका कारण ठूलो भौतिक क्षति हुनुका साथै मानवीय हताहती भएको पुष्टि भएको छ। एमडीएका महानिर्देशक एली बिनले एक आवासीय भवनमा सिधा क्षेप्यास्त्र प्रहार भएको र उक्त दृश्य अत्यन्तै हृदयविदारक रहेको बताउनुभयाे।
उद्धार टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उपचार गरे पनि रामत गानमा ती वृद्ध दम्पतीलाई बचाउन सकेनन्। त्यस्तै, बनी ब्राक क्षेत्रमा भएको अर्को विस्फोटमा सडकमा व्यापक क्षति पुगेको हाे । उद्धारमा खटिएका एक स्वास्थ्यकर्मी समेत छर्रा लागेर घाइते भएका छन्। इजरायली अधिकारीहरूले विभिन्न स्थानमा गरी अन्य कैयौं मानिसहरू घाइते बताएका छन् । कैयौं नागरिकहरू बम सेल्टरतर्फ भाग्ने क्रममा र त्रसित भएर बिरामी परेका छन्।
इरानले आफ्ना सुरक्षा प्रमुखको हत्याको बदला लिन शुरु गरेको यो सैन्य कारबाहीले इजरायली सर्वसाधारणको जनजीवन त्रसित बनाएको हाे।








प्रतिक्रिया दिनुहोस्