काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा आइतबार तीन वटा खेल हुँदैछन् ।
सातदेबाटोमा रहेको एन्फा कम्प्लेक्समा आइतबार हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र सुर्खेतको काँक्रेबिहारबीच प्रतिस्पर्धा हुने भएकाे हाे । सोही मैदानमा हुने दोस्रो खेलमा चित्लाङ एफसीले सशष्त्र प्रहरीको एपिएफ क्लबकाे सामना गर्ने भएकाे छ। आइतबार साँझ ६ बजे दशरथ रंगशालामा चर्च ब्वाइजले र फ्रेन्ड्स क्लबको सामना गर्ने भएकाे हाे।
राष्ट्रिय लिगमा शनिबार भएका दुवै खेल बराबरीमा टुंगिएका छन् । शनिबारै सातदोबाटो युवा क्लब र नव जनजागृति क्लब तथा न्युरोड टीम (एनआरटी) र श्री भगवती क्लबले एक/ एक गोलको बराबरी खेलेका थिए ।








प्रतिक्रिया दिनुहोस्