Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


वाणगंगामा बोक्सी आरोपमा महिलामाथि दुर्व्यवहार गर्ने दुई महिला पक्राउ


26
Shares

सुशील गैरे, कपिलवस्तु ।

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

वाणगंगा नगरपालिका–३ मा बसोबास गर्ने ६८ वर्षीया महिलामाथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टो प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी मुद्दा दर्ता गरी कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान सुरु गरिएको छ।