Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


भारतीय प्रधानमन्त्री मोदीले दिए रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेलाई बधाई

दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने माेदीकाे विश्वास

585
Shares

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुक मार्फत दुवै नेतालाई फोन गरी रास्वपाको निर्वाचन सफलताका लागि बधाई तथा शुभकामना दिएको जानकारी गराउनुभएकाे हाे । प्रधानमन्त्री मोदीले आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट गर्दै भारतीय सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।

भारत र नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने पनि उहाँको विश्वास थियाे । दुवै देशले संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा पनि प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको छ ।