Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी, विनोद चौधरीकाे लज्जास्पद हार


663
Shares

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी हुनुभएकाे छ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पछि पार्दै विजयी हुनुभएकाे हाे । खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गर्नुभएकाे छ । चौधरीले भने ९ हजार ५ सय २ मत मात्रै ल्याउनुभएकाे हाे ।

त्यस्तै, नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९ सय ५६ मत ल्याउनुभएकाे छ । जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८ सय ३२ मत प्राप्त गर्नुभएकाे हाे ।