Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


इलाम-२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

कांग्रेसका उम्मेदवार भेषराज आचार्यकाे लज्जास्पद हार

1.4k
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएकाे छ ।

उहाँले २२ हजार ४ सय २६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यलाई पराजित गर्नुभएकाे हाे आचार्य १४ हजार ६ सय ५० मत प्राप्त गर्दै पराजित हुनुभएकाे छ ।

श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय र राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८ सय १४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ १ हजार १ सय ७२ मत प्राप्त गरेका छन् ।