Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


चितवन-२ बाट तेस्रो पटक पनि रवि लामिछाने भारी मतका साथ विजयी

कांग्रेसकी उम्मेदवार खरेल ३९ हजार ४ सय ६८ मतान्तरले पराजित

728
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन-२ बाट तेस्रो पटक पनि विजयी हुनुभएकाे छ।

लामिछानेले ५४ हजार ४ सय २ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएकाे छ । लामिछानेले खरेललाई ३९ हजार ४ सय ६८ मतान्तरले पराजित गर्नुभएकाे हाे।

त्यस्तै, नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९ सय ६९ मत ल्याएका छन् । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७ सय ९६ मत बदर भएको थियो ।

लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहि क्षेत्रबाट चुनाव जित्नुभएकाे छ।