Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


तेह्रथुमबाट कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी

एमालेका उम्मेदवार ढकाल ८८० मतान्तरले पराजित

1.2k
Shares

काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएकाे छ।

उहाँले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८ सय ८० मतान्तरले पराजित गर्नुभएकाे हाे । सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा ढकालले १० हजार ६ सय ८२ मत प्राप्त गर्नुभएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २ सय मत प्राप्त गर्नुभएकाे हाे । नेकपाका रनध्वज लिम्बुको पक्षमा ९ सय १९ मत प्राप्त गर्नुभएकाे छ ।