Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


मुगुमा शान्तिपूर्ण मतदान जारी


130
Shares

वीरबहादुर बम, मुगु ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मुगुका सबै मतदानस्थलमा मतदान जारी छ ।


जिल्लाभर १ वटा अस्थायी मतदान केन्द्रसहित ७० वटा मतदान केन्द्र र ६७ वटा मतदानस्थल कायम गरिएको छ । ती केन्द्रमार्फत कुल ३६ हजार ३१ जना मतदाताले मतदान गर्नेछन् । ४ सय ९२ कर्मचारी परिचालत छन्। नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर शाहिले कालिका माबि रोल , नेपाली कम्नियुष्ट पाट्रि का उम्मेदवार चन्द्रबहादुर शाहिले जनज्योति मा.वि नार्थपु , एमालेका उम्मेदवार पुर्णबहादुर रोकायाले सरस्वती मा.बि छाईलमा मतदान गरिसकेका छन् ।

जिल्लाको सोरु गाउँपालिकाको बालजनज्योती मा.वि तारपानिमा रहेको मतदानस्थल आसपासमा बिहान ६ बजे बम भेटिएपछि ९ बजे नेपाली सेनाले २ वटा कोकर बम डिस्पोजल गराएको कुरा सेनानी विकेक जगं खडकाले बताएका मतदान कार्य केही समय रोकियको थियो ।

मुगु जिल्ला भर ७ बटा उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उसै पनि विकट हिमाली जिल्ला रहेको मुगुमा गरिवी असमानता कम गर्ने रोजिरोटी सँग रहेका आधारभुत आवश्यकता पूरा गर्ने खालका देशका बिधमान समस्या समाधान गर्ने खालको मुगुबाट प्रतिनिधि छनोट गर्न चाहन्छाै मुगुका मतदाता बताउँछन् ।